२०८१ फागुन २८, बुधबार

स्वावलम्बी बहिरा आ.वि.लाई शैक्षिक सामाग्री सहयोग

  • धादिङ आवाज
  • २०८१ माघ २६, शनिबार
स्वावलम्बी बहिरा आ.वि.लाई शैक्षिक सामाग्री सहयोग

धादिङ । नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींको २९औं स्थापना दिवसको अवसरमा नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं धादिङले बालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

शनिबार नीलकण्ठ नगरपालिका-८ अमरावतीमा रहेको स्वावलम्बी बहिरा आधारभूत विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङले जानकारी दिनुभयो ।

कार्य समिति सदस्यहरुले संकलन गरेको लेबी रकम र ल्होसारको अवसरमा आयोजना गरिएको गुरुङ ड्रेस फोटो कन्टेस्टबाट भएको बचत रकमबाट विद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको गुरुङले बताउनुभयो ।

विद्यार्थीहरुलाई कपि, कलम, पेन्सील, कलर, खेलकुदका सामाग्री फुटबल, स्किपिङ, लुडो लगायतका सामाग्री वितरण गरिएको उहाँको भनाई छ ।

शैक्षिक सामाग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक एवंम संस्थापक राम प्रसाद अधिकारीले अपाङ्गता भएका बालबालिकाको शैक्षिक सुधारमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यार्थीले विद्यार्थीका लागि सहयोग गरेको यो पहिलो अनुभव हो । सहयोगी मनहरुको साथ र सहयोगले नै यो संस्था चलिरहेको छ ।’

गुरुङ विद्यार्थीहरुको यो सहयोगले अपाङ्गता भएका बालबालिकालाई ठूलो राहत पुगेको भन्दै उहाँले नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धीं धादिङका विद्यार्थीलाई विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै दिवसकै अवसरमा तमुस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समितिका तर्फबाट विद्यार्थीलाई खाजा सहयोग गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींको २०५२ साल माघ २६ गते बुटवलमा भएको प्रथम राष्ट्रिय सम्मेलन गर्दै भिम गुरुङको अध्यक्षतामा स्थापना भएको थियो ।

संस्थाले तमू विद्यार्थीको हक अधिकार संरक्षण तथा विभिन्न सामाजीक सेवाका कार्यहरु गर्दै आईरहेको छ ।

धादिङ शाखाले पनि सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आइरहेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस