काठमाण्डौ । चितवनको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सेतीदोभान पुलबाट खसेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।
बसमा रहेका २८ जनामध्ये २३ जना घाइते भएको र घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको भण्डारीले जानकारी दिनुभयो ।अरू यात्रु सकुशल छन् ।