२०८१ चैत्र २९, शनिबार

ग्रामीण यातायात सहकारी धादिङको अध्यक्षमा बद्री सुवेदी

  • धादिङ आवाज
  • २०८१ माघ २७, आईतबार
ग्रामीण यातायात सहकारी धादिङको अध्यक्षमा बद्री सुवेदी

धादिङ । ग्रामीण यातायात सहकारी संस्था लि. धादिङको अध्यक्षमा बद्री सुवेदी चयन हुनुभएको छ ।

शनिबार धादिङबेशीमा भएको सहकारीको सोह्रौँ बार्षिक साधारणसभा तथा छैटौ अधिवेशनले सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ईश्वर धरेल ,महासचिवमा प्रमोद पोखरेल, कोषाध्यक्षमा बाबुकाजी श्रेष्ठ, सचिवमा बिनोदबाबु रिमाल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सुरेन्द्र कोईराला,कुल बहादुर रायमाझी,शेर बहादुर बस्नेत,हरि बहादुर गुरुङ, तिलक श्रेष्ठ र मंग बहादुर तामाङ रहेका छन् ।

नयाँ कार्यसमिति सर्वसहमत चयन गरिएको हो ।

यस्तै अधिबेशनबाट ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि चयन गरिएको छ ।चन्द्र बहादुर लम्सालको संयोजकत्वमा राजाराम रिजाल र केशव कुमार श्रेष्ठ लेखा सुपरिवेक्षण समिति सदस्य रहेका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस