२०८१ फागुन २८, बुधबार

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८१ माघ ३०, बुधबार
खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जना पक्राउ

काठमाडौँ । खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् ।

पर्साको प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री भइरहेको सूचनाको आधारमा सञ्चालक वीरगन्ज–१३ निवासी ४१ बार्षिय हारुन मिँया अन्सारीलाई पक्राउ गरिएको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो।

वडा प्रहरी कार्यालय श्रीपूरको टोली उक्त फ्रेस हाउसमा खानतलासी गर्दा सञ्चालक हारुनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचिरहेको फेला पारेको डिएसपी लम्सालले बताउनुभयो ।

प्रहरीले सञ्चालक हारुनसहित खसीको अण्डकोष टाँसिएको १५ केजीको बाख्राको मासुसमेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामाथि कालोबजारी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस