काठमाण्डौ । कक्षा १२ को परीक्षा आउँदो २०८२ वैशाख ११ गतेदेखि शुरू हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीवार सार्वजनिक परीक्षा तालिका सार्वजनिक गरेको छ।
बोर्डले कक्षा १२ को साधारण र परम्परागत एवम् प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका बिहीवार सार्वजनिक गरेको हो ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ गते शुरू हुने परीक्षा २४ गते सकिने छ ।