काठमाण्डौ । भैँसीले हान्दा सिन्धुलीको पसुनकोशी गाउँपालिका-३ नौविसेमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७५ वर्षीय गोपाल घर्ती रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो ।
बिहिबार बिहान घाँस हाल्न लाग्दा घर्तीलाई भैँसीले हानेको र उहाँको उहाँको घटनास्थलमै मृत्यु भएको काफ्लेले बताउनुभयो ।