२०८१ चैत्र २९, शनिबार

चरेश सहित चार युवक पक्राउ

  • धादिङ आवाज
  • २०८१ फागुन २, शुक्रबार
चरेश सहित चार युवक पक्राउ

रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ बुद्धचोकबाट अवैध लागूऔषध चरेश सहित धादिङका चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३३ वर्षीय दिपक तामाङ, ३६ वर्षीय सुन बहादुर तामाङ, ३१ वर्षीय नक्कल बहादुर तामाङ र ४१ वर्षीय प्रेमलाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

शुक्रबार बिहान रूपन्देही प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले बुद्धचोकमा रहेको चन्द्रसुर्य होटल होटल तलासी गर्ने क्रममा २० किलोग्राम चरेश र ७ थान मोबाइल फेला पारी उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस