२०८१ फागुन २८, बुधबार

मोटरसाइकल चोर्ने एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८१ फागुन ५, सोमबार
मोटरसाइकल चोर्ने एक जना पक्राउ

धादिङ । काठमाण्डौमा पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार पक्राउ पर्नेमा धादिङको गङ्गाजमुना गाउँपालिकाका २८ वर्षीय सुरज गुरुङ रहेका छन् ।

गएको माघ ११ गते राति काठमाण्डौ महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटीमा एक होटल अगाडी पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको थियो ।

त्यो मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी अर्को नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा गुरुङलाई काठमाण्डौ महानगरपालिका–१७ नयाँ बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस