२०८१ फागुन २८, बुधबार

थोपल खोला किनारमा भेटिएको शवको पहिचान खुल्यो

  • धादिङ आवाज
  • २०८१ फागुन ६, मंगलबार
थोपल खोला किनारमा भेटिएको शवको पहिचान खुल्यो

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह स्थित थोपल खोला किनारमा भेटिएको शवको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालका अनुसार मंगलबार विहान खोला किनारमा भेटिएको शव नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्याउलीका ३६ वर्षिय राजकुमार गुरुङको रहेको छ।

शवको धादिङ अस्पतालमा पोष्टमार्टमपछि आफन्तले बुझेका छन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस