२०८१ चैत्र २४, सोमबार

धादिङ माध्यमिक विद्यालय (९–१२) स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङ आवाज
  • २०८१ फागुन ८, बिहिबार
धादिङ माध्यमिक विद्यालय (९–१२) स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धादिङ । नीलकण्ठ नगरपालिका–३ स्थित धादिङवेशीमा माध्यमिक विद्यालय (९–१२) स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.धादिङको आयोजनामा बुधबार प्रजातन्त्र दिवसको दिन ‘प्रजातन्त्रको मूल्य र मान्यता,सुशासन र पारदर्शिता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा सुनौलो भैरवी माविकी छात्रा सन्जिवनी पोखरेल प्रथम, नीलकण्ठ बालमन्दिर माविकी छात्रा कृति श्रेष्ठ द्वितीय, कालिका माविकी छात्रा आयुष्मा विक तृतीय र महेन्द्र माविकी छात्रा सुमित्रा नेपाली सान्त्वना हुनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजारसहित प्रमाणपत्र र सहभागी विद्यालयलाई प्रमाण पत्रसँगै मायाको चिनो प्रदान गरिएको शिक्षक हित बचत तथा ऋण सहकारी सस्थाका सचिव जर्नादन नेपालले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाको विभिन्न पालिकाका १९ वटा विद्यालयबाट १९ जना छात्र/छात्रा सहभागी थिए ।

शिक्षक हित बचत तथा ऋण सहकारी सस्थाका शिक्षा समिती सदस्य बद्री प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भुमिलाल शर्मा सुवेदीको प्रमुख आथित्यता रहेको थियो।

कार्यक्रममा सहभागी विद्यालयको प्रअ, शिक्षकहरुको उपस्थिती थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस