काठमाडौं । आगामी ५ चैतमा हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
चुनावका लागि संघसंगठन समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको छ ।२१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ ।
२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ ।
दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने छ ।
हेर्नुहोस् तालिका