२०८२ बैशाख ५, शुक्रबार

गाउँपालिका तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धि तालिम शुरु

  • धादिङ आवाज
  • २०८१ फागुन १०, शनिबार
गाउँपालिका तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धि तालिम शुरु

बुढाथुम । धादिङको गंगाजमुना गाउँपालिका वडा नं ७ मा गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम शुरु भएको छ।

प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा गाउँपालिकामा संचालन गरेको रिलिफ परियोजना अन्तरगत वडा कार्यालयमा शनिबारदेखी २ दिने योजना तर्जुमा प्रक्रिया सम्बन्धि तालिम शुरु भएको हो ।

तालिममा १६ वटा कृषक समुहका अगुवा र लैगिक च्याम्पियनहरुसहित २० जना सहभागी छन्।

परियोजनाको सहजिकरणमा गठन भएको कृषक समुहका एक,एक जना समुदायका अगुवा सदस्यहरुको लागि गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी बिषयमा तालिम संचालन भएको हो ।

कृषक समुहका अगुवाहरूलाई गाउँपालिकाको योजना तर्जुमा प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्षम बनाउने र समुदाय तहमा नेतृत्व विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

कार्यक्रम उद्घाटन सत्रमा गंगाजमुना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष रविन अधिकारी, कार्यपालिका सदस्य अनिता माया बिक,वडा सदस्य सविता श्रेष्ठ ,वडामा कार्यरत कर्मचारीहरु,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल सहित फिल्डमा कार्यरत कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

गाउँपालिकाको नीति तथा बजेट निर्माण प्रक्रियामा समुदायको संलग्नताको महत्व ,योजना तर्जुमा प्रक्रिया र ७ चरणहरू, योजना तर्जुमामा समूह (टोलबस्ती) तथा समुदायको भूमिका र समावेशी सहभागिता, वडा तथा पालिका तहमा योजना माग गर्ने प्रक्रिया निवेदनको ढाँचा तथा प्रस्तावनाको ढाँचा आवश्यक काजजातहरु योजना माग निवेदन, समूहको योजना माग निर्णय, प्रस्तावना तयारी, कार्यान्वयन, अनुगमन, तथा मूल्यांकन र योजना सम्झौता,र फरपारक गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरु, र पेशगर्ने समय , स्थानीय स्रोत परिचालन र सहकार्य लगायतका वियषबस्तुमा गंगाजमुना गाउँपालिकाका बरिष्ठ सहायक युवराज थपलिया, कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नुहुने बुढाथुमबाट प्रयास नेपाल धादिङका लैगिक एसोसियट शर्मिला गरुङले जानकारी दिनु भयो ।

तालिम आईतवारसम्म संचालन हुनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस