२०८१ चैत्र २४, सोमबार

आमाको माया छात्राबासलाई सहयोग

  • धादिङ आवाज
  • २०८१ फागुन ११, आईतबार
आमाको माया छात्राबासलाई सहयोग

धादिङ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङबेसी शाखाले आमाको माया छात्राबासलाई सहयोग उपलब्ध गराएको छ ।

कम्पनीको ३८ औँ वार्षिकोत्सबको अबसरमा शनिबार नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको माया छात्राबासलाई छात्राबासमा रहेका बालकहरुका लागि भोजन सेवा बापत १० हजार सहयोग गरेको हो ।

इन्सुरेन्स कम्पनीको तर्फबाट धादिङबेसी शाखाका प्रमुख तथा कार्यक्रमका अध्यक्ष हरी घिमिरेले चेक हस्तान्तरण गर्दै सहयोगको अवसर दिएकोमा आमाको माया छात्राबासलाई धन्यवाद दिनुभयो ।

छात्राबासमा आयोजित कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरीकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, छात्राबासका अध्यक्ष डा.नवीनबन्धु पहाडीले शुभकामना व्यक्त गर्नुुभएको थियो । छात्राबासमा हाल २५ जना असाहय बालबालिका बस्दै आएका छन्।

छात्राबासमा रहेका बालबालिकाको लागि बिभिन्न ब्यक्तिहरुले जन्मदिन तथा बिभिन्न उत्सवहरु पारेर सहयोग गर्दै आएका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस