२०८२ बैशाख १४, आईतबार

ट्यांकर दुर्घटना : २ जनाको मृत्यु,२ जना घाइते

  • धादिङ आवाज
  • २०८१ फागुन १४, बुधबार
ट्यांकर दुर्घटना : २ जनाको मृत्यु,२ जना घाइते

धादिङ । धादिङको गल्छि गाउँपालिका-३ गुप्तेश्वर भिरमा ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

आदमघाटबाट गुप्तेश्वर मन्दिरमा गए राति २ बजे पानी बोकेर गएको बा प्र-०१-००४ क ३३५२ नम्बरको ट्यांकर ब्याक गर्ने क्रममा आफै अनियन्त्रित भई सडकबाट करिब छ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका ६ का बर्ष १८ को प्रशान्त चेपाङ र सोही ठाउँका बर्ष २० को जयराम चेपाङ रहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।

दुर्घटनामा गजुरी गाउँपालिका ६ का बर्ष १९ को सिरिश चेपाङ र बर्ष १७ को सुरेस चेपाङ घाईको भएको र थप उपचारको लागी काठमाण्डौ रिफर गरिएको उहाँको भनाई छ ।

दुर्घटना भएको खबर पाएसँगै इलाका प्रहरी कार्यालय सुनौलाबजार र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी र सदरमुकाम धादिङबेंसीबाट गएका सोसियल भोलिन्टियर धादिङको टोलीले घाइतेहरूको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पुर्याएका थिए । प्रशान्त र जयरामको उपचारका क्रममा मृत्यु भएको हो ।

चालक गजुरी गाउँपालिका ६ बस्ने बर्ष २३ को दिनेश चेपाङले ट्यांकर फर्काउन पछाडि ल्याउने क्रममा दुर्घटना भएको र आफू हाम फालेर बाँचेको प्रहरीलाई बताएका छन्।

चालक चेपाङलाई  नियन्त्रणमा लिइ दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२१ घण्टा अघि

आज मातातीर्थ औँसी

खोजी गर्नुहोस