२०८१ फागुन २८, बुधबार

महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा,आराधना एवम् दर्शन गरी मनाइँदै

  • धादिङ आवाज
  • २०८१ फागुन १४, बुधबार
महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा,आराधना एवम् दर्शन गरी मनाइँदै

|महाशिवरात्रिको अघिल्लो साँझ पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो । तस्बिरः नवीन पौडेल/रासस

काठमाण्डौ । आज महाशिवरात्रि पर्व,देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदै छ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइन्छ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।

आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ।

आज पशुपतिनाथसँगै देशभरका शिव मन्दिरमा पनि पूजाआराधना एवम् दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस