२०८१ फागुन २८, बुधबार

इस्लाम धर्मावलम्बीको रमजान पर्व शुरू

  • धादिङ आवाज
  • २०८१ फागुन १८, आईतबार
इस्लाम धर्मावलम्बीको रमजान पर्व शुरू

काठमाण्डौ । आजदेखि इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना शुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।

रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाइ प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ ।

निराहार बस्नुलाई रोजा भनिन्छ । शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्ने मान्यता छ । व्रत बस्न हिजो बेलुका मुसलमानहरूले चन्द्रमा हेरेका छन् ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्छन् ।

उर्दू क्यालेण्डरअनुसार हिजरी संवतको रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ।ujyalo

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस