२०८२ बैशाख १३, शनिबार

खैरो हेरोइनसहित चार जना पक्राउ

  • धादिङ आवाज
  • २०८१ फागुन २०, मंगलबार
खैरो हेरोइनसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट खैरो हेरोइनसहित चार जना युवा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले मंगलबार ३४ ग्राम खैरो हेरोइनसहित धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका, धादिङकै निलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय अनुप घिमिरे, नुवाकोटको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय विक्रम तामाङ र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय रोमश्वर अधिकारीलाई पक्राउ गरेको हो।

उनीहरूले प्रयोग गरेको मोटरसाइकल र क्रेटा गाडी समेत नियन्त्रणमा लिइएको छ ।

उनीहरू मोटरसाइकल र बा १५ च १७७३ नम्बरको क्रेटा गाडीमा खैरो हेराइन बोकेर हिँडेको सशस्त्र प्रहरीले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ घण्टा अघि

आइतबार शोक बिदा

खोजी गर्नुहोस