काठमाण्डौ । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तरगत नेपालले आज युगान्डासँग खेल्दैछ।
आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली युगान्डासँग खेल्न लागेको हो। यो खेल इन्टेब्बे क्रिकेट ओभलमा दिउँसो सवा १२ बजेपछि शुरू हुनेछ।शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल हिजो नामिबियासँग पराजित भएको थियो।
नामिबियासँगको पहिलो भेटमा नेपाल डकवर्थ लुइस (डीएलएस) का आधारमा ६ विकेटले पराजित भएको हो।
शृङ्खलामा युगान्ड, नेपाल, नामिबिया र हङकङ सहभागी छन् ।
शृङ्खलामा सबै टोलीले एकअर्कासँग २ खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबीच आउँदो चैत ३ गते फाइनल हुनेछ।filephoto