२०८१ फागुन २८, बुधबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

  • धादिङ आवाज
  • २०८१ फागुन २७, मंगलबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा धादिङका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २७ वर्षीय रवि खनाल रहेका छन्।

रविले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

रविलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस