होली खेल्ने क्रममा भएको विवादमा छुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ।
हिजो बेलुका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धी चोकमा भएको विवादपछि छुरी प्रहार हुँदा १९ वर्षीय आँशु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
मधेशका धेरैजसो जिल्लामा शुक्रवार होली मनाइएको भए पनि जनकपुरधाममा भने हिजो होली मनाइएको थियो।