काठमाण्डौ । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघेको छ।
सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कले जनाएको छ।
यो नेपालको कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत हो।
फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋणका आधारमा हरेक नेपालीको भागमा झण्डै ९१ हजार रुपैयाँ बराबर पर्न आउँछ।
पछिल्लो ८ महिना साउनदेखि फागुनसम्ममा मात्रै २ खर्ब ४२ अर्ब रुपैयाँले बढेको हो । यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ।