धादिङ । तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् ज्वालामुखी गाउँपालिका ईकाई समितिको अध्यक्षमा शुभराज गुरुङ सर्वसम्मत चयन हुनुभएको छ।
शुक्रबार सम्पन्न ज्वालामुखी गाउँपालिका स्तरिय प्रथम तमू भेलाले शुभराज गुरुङको अध्यक्षतामा ९ सदस्सीय कार्य समितिको चयन गरेको हो।
समितिको उपाध्यक्षमा भक्तबहादुर गुरुङ, सचिवमा खेम गुरुङ, कोषाध्यक्षमा हरि बहादुर गुरुङ चयन हुनुभएको छ। यस्तै सदस्यहरुमा कुलबहादुर गुरुङ, अनिल गुरुङ, राजेश गुरुङ, धनबहादुर गुरुङ र टिका बहादुर गुरुङ रहनुभएको छ।
यस्तै शुक्रबारनै सम्पन्न प्रथम भेलाले सिता गुरुङको अध्यक्षतामा ९ सदस्यीय तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् ज्वालमुखी गाउँपालिका ईकाई समितिको गठन भएको छ ।
समितिको उपाध्यक्षमा अञ्जु गुरुङ, सचिवमा देउमाया गुरुङ, कोषाध्यक्षमा कविता गुरुङ चयन हुनुभएको छ।
यस्तै सदस्यहरुमा रमिता गुरुङ, अमृता गुरुङ, लालमाया गुरुङ, सुकुमाया गुरुङ र सरु माया गुरुङ रहनुभएको छ।