२०८१ चैत्र २९, शनिबार

जंगलमा लागेको आगो गाउँ पस्दा घर र गोठ जलेर नष्ट

  • धादिङ आवाज
  • २०८१ चैत्र १५, शनिबार
जंगलमा लागेको आगो गाउँ पस्दा घर र गोठ जलेर नष्ट

धादिङ । गजुरी गाउँपालिका-२ बिप्लप सामुदायिक जंगलमा लागेको आगो गाउँ पस्दा २ घर र २ गोठ जलेर नष्ट भएको छ।

शनिबार दिउँसो करिब ३ः४५ बजेको समयमा जंगलमा लागेको आगोले गजुरी-२ को बिप्लप माथिल्लो गाउँका चनमती बिकको ढुङ्गा माटोले बनेको जस्ताले छाएको एक तले कच्ची घर र गोठ,सोही ठाउँका खुम राज बिकको ढुङ्गा माटोले बनेको जस्ताले छाएको एक तले कच्ची घर र गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागी बाट मानवयि क्षति भने भएको छैन।

प्रहरीका अनुसार चनमती बिकको ३ वटा बाख्रा जलेर मृत्यु भएको घरमा रहेका सबै सामाग्री जलेर नष्ट भएको छ।

प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस