१७ : ३५ : ३०
२०८१ चैत्र २५, मंगलबार

नेपाल उत्पीडित जातीय मुक्ति समाज गजुरीको अध्यक्षमा भुवन मिजार चयन

  • धादिङ आवाज
  • २०८१ चैत्र २०, बिहिबार
नेपाल उत्पीडित जातीय मुक्ति समाज गजुरीको अध्यक्षमा भुवन मिजार चयन

धादिङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज गजुरी गाउँपालिकाको अध्यक्षमा भुवन मिजार चयन हुनुभएको छ।

विहिबार गजुरीमा सम्पन्न दोश्रो अधिवेशनबाट मिजारको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।नयाँ कार्यसमिति को उपाध्यक्षमा बद्री रोक्का, सचिवमा अन्जना मिजार, उपसचिवमा सर्मिला विक र रेशम विक चयन हुनुभएको छ ।

अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज राजन भट्टराईले विभेदबाट बच्नका लागि सम्पूर्ण उत्पीडित समुदाय एकजुट हुन आवश्यक रहेको बताउनुभयो।‘नेपालमा जातीय विभेद भएजस्तै अमेरिकामा छालाको रङ्गको विभेद र जापानमा छालाको काम गर्ने समुदायलाई पनि विभेद गरिन्छ। यो विभेदबाट बच्नको लागि सम्पूर्ण उत्पीडित समुदाय एकजुट हुनुपर्दछ’, भट्टराईले भन्नुभयो।

कार्यक्रममा बोल्दै नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले उत्पीडित समुदायको एकताले सिंगो देशबासीलाई एक हुन प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो ।उहाँल् पछिल्लो समयमा नेपालमा उत्पन्न भइरहेको अराजकता र अराजक प्रवृत्ति विरुद्ध आवाज उठाउन पनि पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य कुमार विश्वकर्मा, केन्द्रीय सदस्य दिलबहादुर रमतेल, बागमती प्रदेश सचिवालय सदस्य रिता परियार, बागमती प्रदेश कमिटीका सदस्य तथा गजुरी इन्चार्ज रमेश सुनार, मुक्ती समाजका जिल्ला संयोजक रामबहादुर विश्वकर्मा र जिल्ला सचिव रामजी परियार लगायत नेकपा एमाले गजुरी गाउँपालिका कमिटिका अध्यक्ष रामचन्द्र मिजारसहित प्रदेश र जिल्ला कमिटिका नेता कार्यकर्ताहरु सहभागी थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस