२०८१ चैत्र २४, सोमबार

काठमाण्डौमा विश्वको प्रदूषित शहरमध्ये दोस्रो स्थानमा

  • धादिङ आवाज
  • २०८१ चैत्र २३, आईतबार
काठमाण्डौमा विश्वको प्रदूषित शहरमध्ये दोस्रो स्थानमा

काठमाण्डौ। आज काठमाण्डौ विश्वका प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा रहेको छ ।

बिहान ७ बजे काठमाण्डौको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सय ११ मापन भएको छ । प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ।

दिल्लीको एक्यूआई दुई सय ४९ र तेस्रोमा रहेको पाकिस्तानको लाहोरको दुई सय सात रहेको छ । बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाण्डौको प्रदूषण हिजो बेलुकादेखि फेरी बढेको हो ।

एक्यूआई दुई सय भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ।वायु गुणस्तर मापन सूचक दुई सय भन्दा माथि रहेकोले अति सावधानी अपनाउनुपर्ने डाक्टरहरु बताउँछन् ।

एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस