२०८१ चैत्र २४, सोमबार

आज सार्वजनिक बिदा,रामनवमी पर्व मनाईँदै

  • धादिङ आवाज
  • २०८१ चैत्र २३, आईतबार
आज सार्वजनिक बिदा,रामनवमी पर्व मनाईँदै

काठमाण्डौ । आज रामनवमी पर्व मनाईंदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन्।

हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ।

मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ। जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा भक्तजनको घुइँचो छ। आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्छ ।

यो मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजा गर्छन्। रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस