२०८१ चैत्र २६, बुधबार

सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आयो

  • धादिङ आवाज
  • २०८१ चैत्र २३, आईतबार
सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आयो

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा न.१ नलाङको ठुलो सामुदायिक वनमा शनिबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ।

ठुलो सामुदायिक वनको लेडि खोला र राम्छे डाडा खण्डमा लागेको आगो राती १२ बजे नियन्त्रण लिईएको ठुलो सामुदायिक वन समूहका सचिव जोन लामाले जानकारी दिनुभयो।

वन हेरालु सुक बहादुर तामाङले वनमा डडेलो लागेको जानकारी गराए पश्चात वडा अध्यक्ष पेमा लामाको नेतृत्वमा गएको सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता र स्थानीयसँगै सशस्त्र प्रहरीको टोलि र नेपाल प्रहरीको टोलिले नियन्त्रणमा लिएको लामाले बताउनुभयो।

आगोलाई नियन्त्रणमा लिएर बस्ती तथा मानवीय क्षति जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै वडाध्यक्ष लामाले सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता, स्थानीय, सशस्त्र प्रहरीको टोलि र नेपाल प्रहरीको टोलिलाई धन्यवाद ज्ञापन गर्नुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस