२०८२ बैशाख ४, बिहिबार

कुकुरले टोक्दा १२ जना घाइते

  • धादिङ आवाज
  • २०८१ चैत्र २४, सोमबार
कुकुरले टोक्दा १२ जना घाइते

रेविज लागेको कुकुरको टोकाईबाट झापाको कचनकवल गाउँपालिकामा १२ जना घाइते भएका छन्।

वडा नं–६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवले बताउनुभयो ।

घाइते हुनेमा चार वर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन्।पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो।

कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा रेविजविरुद्धको खोप लगाउन सुरु भएको बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२० घण्टा अघि

नेपाल फाइनल प्रवेश

खोजी गर्नुहोस