२०८२ बैशाख ४, बिहिबार

घुसपैठको आरोपमा ४ जना पक्राउ

  • धादिङ आवाज
  • २०८१ चैत्र २५, मंगलबार
घुसपैठको आरोपमा ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार गरेको खबरदारीमा घुसपैठ भएको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको रुबीभ्याली–४ घर भएका कीर्तिपुर बस्ने ३० वर्षीय रमेश लामा, दाङको घोराही–४ घर भएका कीर्तिपुर बस्ने ४२ वर्षीय भरत वली, रामेछापको मन्थली नगरपालिका–४ घर भएका बल्खु बस्ने १८ वर्षीय सुवास खड्का र नवलपुरको हर्कपुर–४ घर भएका कीर्तिपुर बस्ने २७ वर्षीय रन्जित क्षेत्री रहेका छन् ।

कार्यक्रम बिथोल्न खोजेको भन्दै राप्रपाले नै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको बताएको छ ।

राप्रपाको बागमती प्रदेशको आयोजनामा भएको यो कार्यक्रमा पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२० घण्टा अघि

नेपाल फाइनल प्रवेश

खोजी गर्नुहोस