काठमाण्डौ । ८ महिनाको अवधीमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ।
चालू आर्थिक वर्ष २०८१/०८२ को ८ महिनाको अवधी (साउनदेखि फागुनसम्म) मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १७ हजार ४ सय ३ रहेको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा उल्लेख छ।
अघिल्लो वर्षको यही अवधिमा २ लाख ८५ हजार ३ सय ५२ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ८२ हजार ७ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।