|Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE
काठमाण्डौ। टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ।हङकङमा जारी श्रृङ्खला अन्तरगत नेपालको यो लगातार दोस्रो जीत हो।
आज बिहान भएको खेलमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा चार विकेट गुमाउँदै पूरा गर्यो । कुशल भूर्तेलले सर्वाधिक ८१ रन बनाए ।
आसिफ शेखले ५३ रन जोडे । हङकङका यासिन पटेलले दुई विकेट लिए ।त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।
कुवेतका क्विन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसारले ३५ रन जोडे । नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए ।
नेपालले पहिलो खेलमा हिजो कतारलाई आठ विकेटले पराजित गरेको थियो ।
योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अङ्क पुर्याएको छ। अब नेपालले लिग चरणको अन्तिम खेल पर्सि शनिवार घरेलु टोली हङकङसँग खेल्नेछ।filephoto