|Window display of jewelry shop
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ अहिले सम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन सुनको भाउ तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको भाउ तोलाको एक लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
गएको बिहिवार सुनको भाउ एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता लगातार घटिरहेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ।चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ३५ रुपैयाँ कायम भएको थियो ।