काठमाण्डौ । नयाँ शैक्षिक सत्रका लागि सबै जिल्लामा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ।दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइसकेको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार मुगु जिल्लाका दुई वटा पालिकाबाहेक अरू सबै पालिकाका बिक्री केन्द्रहरूसम्म पाठ्यपुस्तक पुगिसकेको छ।
केन्द्रले एक करोड ७० लाख ५० हजार ९०० थान पाठ्यपुस्तक छापेको थियो।कुनै बिक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा केन्द्रका वितरण केन्द्रहरू वा सम्बन्धित पालिकाको शिक्षा शाखा वा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा सम्पर्क गर्न जनक शिक्षाले अनुरोध गरेको छ।
केन्द्रले देशभर रहेका सूचीकृत बिक्रेताहरूले नयाँ शैक्षिक सत्र शुरु हुनु अगावै सबै विद्यालयमा छिटो छरितो पाठ्यपुस्तक पुग्ने वातावरण बनाउन समेत आग्रह गरेको छ।फाइल फोटो