|Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE
काठमाण्डौ । चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा आज नेपालले कुवेतसँग खेल्दैछ । हङकङको टिनक्वाङ रोड रिक्रिएशन ग्राउण्डमा हुने फाइनल खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ ।
लिग चरणको अन्तिम खेलमा हिजो नेपाल र हङकङबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अङ्क बाँडेका थिए । समूहमा शीर्ष स्थानमा रहँँदै नेपाल फाइनल खेल्न लागेको हो । नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।
यसअघि कुवेतले कतारलाई हराएर नेटरनरेटका आधारमा फाइनल पुगेको हो ।