२०८२ बैशाख २, मंगलबार

नेपालले आज ओमानसँग खेल्दै

  • धादिङ आवाज
  • २०८२ बैशाख १, सोमबार
नेपालले आज ओमानसँग खेल्दै

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकपअन्तर्गत एशिया छनोटमा नेपालले आज ओमानसँग खेल्दैछ।

खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो शुरू हुने छ।

एशिया छनौट प्रतियोगितामा नेपालले पहिलो खेलमा यूएईलाई पराजित गर्दै विजयी शुरूवात गरेको छ भने ओमानले अफगानिस्तानसँग हार बेहोरेको छ।

त्यस्तै आज अर्को खेल अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९ बजे नै शुरू हुनेछ ।

प्रतियोगितामा अप्रिल १६ मा नेपालले हङकङसँग र अफगानिस्तानले यूएईसँग खेल्ने तालिका रहेको छ ।

त्यसैगरी अप्रिल १७ मा ओमान र यूएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन् । त्यसैगरी अप्रिल १९ मा नेपाल र अफगानिस्तानसँग खेल्नेछन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस