२३ : ४६ : २४
२०८२ बैशाख १४, आईतबार

नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान सुरु

  • धादिङ आवाज
  • २०८२ बैशाख १, सोमबार
नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान सुरु भएको छ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल पार्न आग्रह गरेको छ।

मन्त्रालयले शैक्षिक सत्र २०८२ अभियान सफल पार्न मन्त्रीस्तरको निर्णयसहित सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई ७ बुँदे अनुरोधसहित भर्ना अभियानमा सहयोग गर्न आग्रह गरेको छ।

विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गर्ने विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गर्न र गराउन भनिएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२१ घण्टा अघि

आज मातातीर्थ औँसी

खोजी गर्नुहोस