२०८२ बैशाख २, मंगलबार

घट्यो पेट्रोल र डिजेलको मुल्य

  • धादिङ आवाज
  • २०८२ बैशाख २, मंगलबार
घट्यो पेट्रोल र डिजेलको मुल्य

काठमाडौँ । पेट्रोल र डिजेलको मुल्य घटेको छ।नेपाल आयल निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा ३/३ रुपैयाँ मुल्य घटाएको हो।

भारतीय आयल कर्पोरेशन ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको जनाएको छ।निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।​

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। यहाँ प्रतिलिटर रु‍ १६०.५० बाट घटेर रु १५७.५० पुगेको छ।

दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन्। यहाँ प्रतिलिटर १६२ बाट घटेर रु १५९ पुगेको छ।

तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन्। यहाँ प्रतिलिटर १६३ बाट घटेर रु १६० पुगेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस