२०८२ बैशाख ५, शुक्रबार

बाल यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

  • धादिङ आवाज
  • २०८२ बैशाख ३, बुधबार
बाल यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

धादिङ । धादिङ बाल यौन दुर्व्यवहारको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्।

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा नेत्रावती डबजोङ गाउँपालिकास्थित कुण्डलादेवी माविका शिक्षक ३४ वर्षीय शिक्षक शेरबहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो।

बुढाले एसईई परिक्षाको लागि कोठामा बसेको घरमा बालयौन दुरुपयोग गरेको भन्दै कारबाहीको माग गरी चैत २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी परेको सुचना अधिकारी सिलवालले बताउनुभयो।

पीडित पक्षको उजुरीपछि बालिकाको चैत २९ गते धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो।

पक्राउ परेका बुढालाई जिल्ला अदालतको आदेशले हिरासतमा राखि अनुसन्धान भईरहेको सुचना अधिकारी सिलवालले जानकारी दिनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस