धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–४ रायटार स्थित प्लटिङमा एक पुरुष मृत फेला परेका छन् ।
आज बिहान प्लटिङबाट आँपखोलातर्फ जाने सडकको नालीमा खाँदिएको अवस्थामा रुवीभ्याली गाउँपालिका–४ बोराङका ५० वर्षीय सुक बहादुर तामाङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
तामाङको परिवार केही समयअघिदेखि प्लटिङ नजिकै बस्दै आएका थिए।
मृत तामाङ भेटिएको क्षेत्रमा हिजो राती युवाहरुबीच होहल्ला भएको र सामान्य झगडा पनि भएको स्थानीयहरुले बताएका छन्।
घटनास्थलमा अहिले प्रहरीले शिल गरि अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट शव उठाएर मृत्युको कारणबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।