काठमाडौं । आइतबार काठमाडौं महानगरपालिकाले शोक बिदा दिने निर्णय गरेको छ।
तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरपालिकाले आइतबार शोक बिदा दिएको हो ।
डंगोलको शुक्रबार निधन भएको थियो ।
निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ।प्रशासन विभागले सूचना जारी गर्दै शोक विदा सम्बन्धी जानकारी गराएको छ ।
उपप्रधानपञ्चका रुप उहाँले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्याएको योगदानको उच्च सम्मान बिदा दिने निर्णय भएको महानगरले जनाएको छ ।