२०८२ बैशाख १५, सोमबार

बृद्धाश्रममा देवी प्रतिभाद्वारा खाद्यान्न सहयोग

  • धादिङ आवाज
  • २०८२ बैशाख १५, सोमबार
बृद्धाश्रममा देवी प्रतिभाद्वारा खाद्यान्न सहयोग

पोखरा । मातातीर्थ औँसीको अवसरमा अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले पोखरा-१७,महतगौडामा रहेको बृद्धाश्रममा खाद्यान्नलगायत आवश्यक सामग्री सहयोग गर्नुभएको छ।

गण्डकी कोटिहोममा दैनिक रूपमा कथा वाचन गर्दै आउनु भएकी देवी प्रतिभाले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न लगायत आवश्यक सामग्री वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य र कल्याणबारे जानकारी लिनुभएको थियो।

देवी प्रतिभा लामो समयदेखि कथा वाचनमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आउनुभएको छ।

बृद्धाश्रम अवलोकनका क्रममा उहाँले ज्येष्ठ नागरिकहरूको सम्मान र हेरचाहको महत्त्वमाथि जोड दिँदै यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

आश्रमका सञ्चालकले देवी प्रतिभाको सहयोग र सक्रियताको उच्च प्रशंसा गर्दै यस्ता गतिविधिले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई मानसिक र भावनात्मक हौसला प्रदान गर्ने बताए। स्थानीय समुदायले पनि यो कार्यको खुलेर स्वागत गरेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस