२०८२ बैशाख १५, सोमबार

२१ फिट लामो रुद्राक्षले सजिएको शिवलिङ्गसहित हवनकुण्ड तयार

  • धादिङ आवाज
  • २०८२ बैशाख १५, सोमबार
२१ फिट लामो रुद्राक्षले सजिएको शिवलिङ्गसहित हवनकुण्ड तयार

पोखरा । गण्डकी कोटिहोममा २१ फिट लामो रुद्राक्षले सजिएको शिवलिङ्गसहित हवनकुण्ड तयार गरिएको छ।

वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको यस महायज्ञमा २१ फिट लामो रुद्राक्षले सजिएको शिवलिङ्गसहित हवनकुण्ड तयार गरिएको हो।

४१ दिनसम्म चल्ने महायज्ञमा भक्तजनहरूलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्री लिएर सहभागी हुन निम्तो दिइएको छ।

सुश्री अनुराधा पाण्डेय र अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन शुरू गर्नुभएको छ भने महायज्ञमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरूले पनि कथावाचनमा सहभागिता जनाउनेछन्।

महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक प्रस्तुतिहरू आयोजना हुने मानव सेवा फाउण्डेशनले जनाएको छ। आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस