धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह ज्यामिरेमा शिशुको शव भेटिएको छ ।
ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउ नजिकै बाँझो बारीमा कागले लुछिरहेको अवस्थामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो ।
केराको फेदमा रगतजन्य प्लाष्टिक रहेको र त्यसको केही माथी बारीको पाटामा कागले लुछिरहेको अवस्थामा स्थानीयले देखेपछि सोमबार विहान प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
मृतक शिशुको शव करिव ३ किलोको रहेको छ।
शिशुको शव प्लाष्टिकको झोलामा हालेर फालेको र जनावरले घिसारेर बारीको पाटामा पुर्याएको हुन सक्ने अनुमान गरिएको छ।
शव पोष्टमार्टमका लागि धादिङ अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरी नायव उपरिक्षक हमालेले जानकारी दिनुभयो।