२०८१ फागुन २८, बुधबार

काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर

  • धादिङ आवाज
  • २०८१ फागुन ५, सोमबार
काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ ।

बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरले जनाएको छ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ।छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ।

२०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो ।

त्यस्तै दक्षिण यसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।

विश्वरको तुलनामा नेपालको संघीय राजधानी प्रदूषित सहर बने पनि नेपालमा भने पोखरा लगातार प्रदूषित सहर बन्दै आएको छ।

वातावरण विभागअन्तर्गतको वायु गुणस्तर निगरानीका अनुसार यो समाचार तयार पार्दासम्म पोखराको वायु प्रदूषण ३३७ एक्यूआरई मापन गरिएको छ ।

पछिल्लो २४ घन्टामा पनि पोखरा नै सबैभन्दा प्रदूषित सहर थियो । ४७५ एक्यूआईसहित पोखरा पछिल्लो २४ घन्टामा नेपालकै प्रदूषित सहरका रुपमा थियो ।

त्यस्तै आज भक्तपुर १९१, शंखपार्क १७९ रत्नपार्क १७२, खुमलल्टार १७०, भैंसेपाटी १६८, भरतपुर १६७, हेटौडा १६२ र धनगढइ १५७ एक्यूआईसहित वायु प्रदूषणको रेडजोनमा छन् ।

वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस