२०८१ फागुन २८, बुधबार

गंगाजमुना-५ मा गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सुरु

  • धादिङ आवाज
  • २०८१ फागुन १२, सोमबार
गंगाजमुना-५ मा गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सुरु

फुलखर्क । धादिङको गंगाजमुना गाउँपालिका वडा नं ५ फुलखर्कमा गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सुरु भएको छ।

प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा गाउँपालिकामा संचालन गरेको रिलिफ परियोजना अन्तरगत गाउँपालिकाको तालिम हलमा सोमबारदेखी २ दिने योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सुरु भएको हो ।

तालिममा २२ वटा कृषक समुहका अगुवा र लैगिक च्याम्पियनहरुसहित २७ जना सहभागी छन्।

परियोजनाको सहजिकरणमा गठन भएको कृषक समुहका एक,एक जना समुदायका अगुवा सदस्यहरुको लागि गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम संचालन भएको हो ।

कृषक समुहका अगुवाहरूलाई गाउँपालिकाको योजना तर्जुमा प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्षम बनाउने र समुदाय तहमा नेतृत्व विकास गर्ने उद्देश्यले २ दिने तालिम सञ्चालन गरिएको प्रयास नेपाल धादिङका उपाध्यक्ष उषा बिकले बताउनुभयो।

तालिममा गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिम्खडा,गंगाजमुना गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सञ्जय बहादुर स्याङ्ताङ,वडा नं ५ का वडाध्यक्ष कुमार बहादुर अधिकारी ,गैसस महासंघका अध्यक्ष शालिकराम डुवाडी, आड्रा नेपालका अधिकृत दिलिपचन्द्र ढकालसहित फिल्डमा कार्यरत कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

तालिममा गाउँपालिकाको नीति तथा बजेट निर्माण प्रक्रियामा समुदायको संलग्नताको महत्व ,योजना तर्जुमा प्रक्रिया र सात चरणहरू, योजना तर्जुमामा टोलबस्ती तथा समुदायको भूमिका र समावेशी सहभागिता, वडा तथा पालिका तहमा योजना माग गर्ने प्रक्रिया निवेदन तथा प्रस्तावनाको ढाँचा आवश्यक काजजातहरु लगायतका बिषयमा प्रशिक्षण भएको थियो।

योजना माग निवेदन, समुहको योजना माग निर्णय, प्रस्तावना तयारी, कार्यान्वयन, अनुगमन, तथा मूल्यांकन र योजना सम्झौता,र फरपारक गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरु, र पेशगर्ने समय , स्थानीय स्रोत परिचालन र सहकार्य लगायतका वियषबस्तुमा गंगाजमुना गाउँपालिकाका बरिष्ठ सहायक युवराज थपलियाले सहजिकरण गर्नु भएको प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता कविता सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी खनियावास गाउँपालिका वडा नं ४ चौकीमा आईतवारबाट शुरु भएको योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ ।

२६ जना समुदायका अगुवा कृषकहरू सहभागी रहेको तालिमको वियषबस्तुमा खनियावास गाउँपालिकाका योजना अधिकृत नवराज श्रेष्ठले सहजिकरण गर्नु भएको दार्खाबाट प्रयास नेपाल धादिङका पशु स्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी दिनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस