२०८१ फागुन २८, बुधबार

गाउँपालिका तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सञ्चालन

  • धादिङ आवाज
  • २०८१ फागुन १५, बिहिबार
गाउँपालिका तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सञ्चालन

धादिङ । धादिङको खनियावास गाउँपालिका र गंगाजमुना गाउँपालिकाका कृषकहरुका लागि योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सञ्चालन भईरहेको छ।

प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा दुई गाउँपालिकामा संचालन गरेको रिलिफ परियोजना अन्तरगत बिभिन्न स्थानमा गाउँपालिका तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम सञ्चालन भईरहेको हो ।

बिहीबार खनियावासको झार्लाङ र गंगाजमुनाको तावलमा तालिम सम्पन्न भएको छ । झार्लाङमा भएको तालिममा १६ वटा कृषक समुहका २५ जना र तावलमा १८ जना सहभागी थिए ।

तालिममा खनियाबास गाउँपालिका वडा नं १ वडा अध्यक्ष अरुण कुमार पाख्रीन,गंगाजमुना गाउँपालिका वडा नं २ वडाध्यक्ष बल बहादुर तामाङको आतिथ्यता रहेको थियो ।

परियोजनाको सहजिकरणमा गठन तथा पुर्नगठन भएका कृषक समुहका एक/एक जना समुदायका अगुवा कृषकहरुको लागि गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम संचालन भएको हो ।

कृषक समुहका अगुवाहरूलाई गाउँपालिकाको योजना तर्जुमा प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्षम बनाउने र समुदाय तहमा नेतृत्व विकास गर्ने उद्देश्यले २ दिने तालिम सञ्चालन गरिएको प्रयास नेपाल धादिङका पशु स्वास्थ्य प्राविधिक रुपेश तामाङले बताउनुभयो।

तालिममा गाउँपालिकाको नीति तथा बजेट निर्माण प्रक्रियामा समुदायको संलग्नताको महत्व,योजना तर्जुमा प्रक्रिया र ७ चरणहरू, योजना तर्जुमामा टोलबस्ती तथा समुदायको भूमिका र समावेशी सहभागिता, वडा तथा पालिका तहमा योजना माग गर्ने प्रक्रिया निवेदन तथा प्रस्तावनाको ढाँचा आवश्यक कागजातहरु लगायतका बिषयमा सहजिकरण भएको थियो।

योजना माग निवेदन, समूहको योजना माग निर्णय, प्रस्तावना तयारी, कार्यान्वयन, अनुगमन, तथा मूल्यांकन र योजना सम्झौता,फरपारक गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरु, र पेशगर्ने समय , स्थानीय स्रोत परिचालन र सहकार्य लगायतका वियषबस्तुमा खनियावास गाउँपालिकाका वडा नं २ का सचिव अशोकबाबु श्रेष्ठ र प्रयास नेपाल धादिङका पशु प्राविधिक रुपेश तामाङले सहजिकरण गर्नु भएको झार्लाङबाट प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता मनिस तामाङले जानकारी दिनुभयो ।

यसैगरी बुधबारबाट गंगाजमुना वडा नं २ मा भएको तालिममा गंगाजमुना गाउँपालिकाका बरिष्ठ सहायक युवराज थपलियाले सहजिकरण गर्नु भएको तावलबाट प्रयास नेपालका सामुदायिक सहजकर्ता निशानी तामाङले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस