२०८१ फागुन २८, बुधबार

विपन्न चेपाङ परिवारलाई बाख्रा र बोका वितरण

  • धादिङ आवाज
  • २०८१ फागुन २५, आईतबार
विपन्न चेपाङ परिवारलाई बाख्रा र बोका वितरण

स्यादुल । धादिङको बेनीघाट रोराङ गाउँपालिका-६ स्यादुलका विपन्न चेपाङ परिवारलाई बाख्रा र ब्याडे बोका वितरण गरिएको छ।

चाईल्ड फण्ड जापानको सहयोगमा प्रयास नेपाल धादिङले सञ्चालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत बाख्रापालन उद्यम मार्फत जिविकोपार्जन तथा बालबालिकाको पोषण सुधार र शैक्षिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले शनिबार बिपन्न परिवारहरुलाई बाख्रा र ब्याडे बोका वितरण गरिएको हो।

स्यादुलका ७ परिवारलाई ३७ वटा बाख्रा र ७ वटा ब्याडे बोका वितरण गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रति परिवार ५ वटा बाख्रा र व्याडे बोका वितरण गरिएको छ ।

कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष टेकनाथ सिलवाल,प्रयास नेपाल धादिङका उपाध्यक्ष उषा बिक, परियोजना प्रबन्धक सन्तोष सन्त्याल,फिल्ड कर्मचारी लगायत स्थानीय जनप्रतिनिधि तथा लाभग्राहीहरूको उपस्थिति रहेको फिल्ड कार्यक्रम अधिकृत बिनोद पोखरेले जानकारी दिनुभयो।

बालबालिकाहरु पोषण अवस्थाका कमजोर भएका र अभिभावक शिक्षा कमिको कारणले गर्दा बिद्यालय नियमितता कमि देखिएकाले वडा कार्यालयसँगको समन्वय बिपन्न परिवारको बाख्रापालनको व्यवसायिक योजना आधारमा तालिम पछि सुधारिएको घोर निर्माण बाख्रा तथा नश्ल सुधारको लागि ब्याडे बोका सहयोग गरिएको संस्थाका परियोजना व्यवस्थापक सन्तोष सन्त्यालले बताउनुभयो।

विगत २ बर्ष देखि बेनिघाट रोराङको वडा ६,८ र १० का भौगोलिक रुपमा बिकट स्थानका १९ वटा बिद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना मार्फत प्रयास नेपाल धादिङले सहयोग गर्दै आई रहेको छ ।

बाख्रा र ब्याडे बोका पाए पछि लाभग्राहीहरुले खुशी व्यक्त गरेका छन् ।

बाख्रापालन सम्बन्धि तालिम पनि पायौं,सुधारिएको खोर निर्माण गर्न पनि सहयोग पायौं । आज उन्नत जातको ब्याड बोका सहित बाख्रा दिनुभयो अब आम्दानीको बाटो भएको छ परिवार मिलेर बाख्रापालनलाई कृषि उद्यमको रुपमा विकास गर्नेछौ र आएको आम्दानी बालबालिका तथा परिवारको पोषण सुधार र बालबालिका शिक्षामा खर्च गर्ने योजना रहेको हिमाली चेपाङ,मदन चेपाङ,सुर्य बहादुर चेपाङ ,टिकामाया सुर्खेती,बिजय चेपाङ लगायतले बताएका छन्।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस