काठमाडौं । चोरी गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धादिङको थाक्रे गाउँपालिका–६ घर भएका ३३ वर्षीय फुलबहादुर तामाङ,सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ घर भइ काठमाडौं बस्ने ५२ वर्षीय राजकुमार कार्की र भारतको बिहारका ३२ वर्षीय महोमद इमरान छन् ।
उनीहरुलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुविरुद्ध चोरीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
यो समूहले १५ फागुनमा कीर्तिपुरको ढल्पास्थित एक जनाको डेरा कोठाको ताला फोडेर सामानहरु चोरी गरेको आरोप छ।
प्रहरीले उनीहरुबाट सुनको रिङ २ थान, गालेको सुनको सिक्का १ थान, घडी १ थान, चाँदीको तिलहरी १ थान, चाँदीको बाला १ थान, सुनको तिलहरी १ थान, नगद ३ हजार, ३ थान ल्यापटप, मोबाइल र चाबी फुटाउन प्रयोग हुने रड बरामद गरेको छ।