२०८२ बैशाख ६, शनिबार

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन प्रहरीसँग अन्तरक्रिया

  • धादिङ आवाज
  • २०८१ चैत्र ३, सोमबार
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन प्रहरीसँग अन्तरक्रिया

धादिङ । धादिङमा वैदेशिक रोजगारलाई सुरक्षित बनाउन प्रहरीसँग अन्तरक्रिया गरिएको छ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व र नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत आईतबार वैदेशिक रोजगारीमा देखिएका समस्या न्युनीकरण गर्न र वैदेशिक रोजगारलाई सुरक्षित बनाउनको लागि धादिङका प्रहरीसँग अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा जिल्ला भरका प्रहरी चौकी ईन्चार्ज,ईलाका प्रहरी कार्यालयका प्रमुख लगायत ४५ जना प्रहरीहरु सहभागी थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बैदेशिक रोजगार सम्बन्धी उजुरी,प्रमुख जिल्ला अधिकारीको भुमिकाको विषयमा सहजिकरण गर्नुभएको थियो।

यसैगरी डिएसपी सुवास हमालले बैदेशिक रोजगार सम्बनधी ठगी,प्रहरीको भुमिका र ऐनको विषयमा सहजिकरण गर्नुभएको थियो।

त्यस्तै सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी कार्यक्रमले धादिङमा गरीरहेको गतिबिधि,वर्तमान चुनौती र समस्याको विषयमा सहजिकरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादित बनाउनको लागि नगरपालिकाले विभिन्न क्षेत्रमा काम गरीरहेको बताउनुभयो।

बैदेशिक रोजगार सम्बन्धी ठगी न्युनीकरण गर्नको लागि सरकारका सबै निकायबिच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेको प्रमुख आतिथ्यता,जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिपेन्द्र शाहीको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा डिएसपी सुवास हमाल, सामी कार्यक्रम अधिकृत भोजराज सुनार,सामी कार्यक्रम संयोजक दिनेश दुवाडी लगायतको आतिथ्यता रहेको थियो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस