काठमाण्डौ । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।
चैत २४ गते रामनवमी पर्व परेको छ।